कम्युनिष्टको किल्लाबाट उदयको उद्घोष –‘संसदीय दलको नेतामा शेर दाइलाई समर्थन गर्छु’
पाेखरा | मंसिर १५, २०७९
पोखराः पूर्वअर्थमन्त्री रहिसकेका नेपाली कांग्रेसका युवानेता उदयशमसेर राणाले संसदीय दलको नेतामा शेरबहादुर देउवालाई समर्थन गर्ने स्पष्ट पारेका छन् ।
अर्का युवानेता गगन थापाको पक्षमा लबिङ् सुरु भएपछि राणाले आफ्नो समर्थन पार्टी अध्यक्ष देउवालाई हुने बताए । पारिवारिक घुमघाममा पोखरा आइपुगेका राणासँग यस विषयमा प्रतिक्रिया माग्दा उनले उक्त भनाई राखेका हुन् ।
‘संसदीय दलको नेता भन्नुको अर्थ प्रधानमन्त्रीको दाबी हो’ राणाले भने ‘मेरो सिधा समर्थन शेरबहादुर दाइलाइ हुनेछ ।’ ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका राणाले अब बन्ने सरकार लोकतान्त्रिक गठबन्धनकै हुने भएकाले गठबन्धन चलाउने क्षमता देउबासँग मात्रै भएको दाबी गरे ।
कांग्रेसभित्र प्रभावशाली मानिएका अर्का युवानेता गगन थापाले माहौल बनाउन सुरु गरेपनि उनले अहिले नै हतार गरेको राणाको टिप्पणी छ । विश्वप्रकाश शर्मालगायतले थापालाई समर्थन गर्ने चर्चा चलिरहेपनि त्यो आधिकारिक भनाई भए/नभएको स्पष्ट हुन नसकेको राणाको ठहर छ ।
यद्यपि, थापाले स्पष्टरुमा संसदीय दलको नेतामा दाबी गर्ने बताइसकेका छन् । स्वयं युवानेता भएर थापालाई किन समर्थन नगर्ने ? भन्ने जिज्ञासामा राणाले अहिले राजनीतिक अवस्था प्रतिकुल नभएकाले यस्तो अवस्थामा देउवाबाहेक अन्य नेता उपयुक्त हुन नसक्ने उनको दाबी छ ।
‘हाम्रो बहुमत छैन, अझ भनौं कसैको पनि छैन’ राणा भन्छन् ‘यस्तो जटिल अवस्थामा कम्युनिष्टलाई साथ लिएर हिँडन् शेरबहादुर दाइबाहेक अन्यको हुति छैन ।’
राजनीतिक वृत्तमा कांग्रेसले एमालेसँग पनि सरकार बनाउँन सक्छ भन्ने विषयलाई उनले ठाडै नकारे । राणा भन्छन्, ‘अरु कुनैपनि दलसँग मिलिएला तर एमालेसँग नो चान्स ।’
यसै प्रसंगमा कास्की जिल्ला एमालेको लालकिल्ला भएको विषयमा राणाले जिल्ला र प्रदेशको नेतृत्वले हारको समीक्षा गर्नुपर्ने उल्लेख गरे ।
‘कास्की जित्छौं भन्ने रिपोर्ट पुगेको हो, कहाँ–के भयो जिम्मेवार नेताले समीक्षा गर्नुपर्छ ।’
पोखरा: नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत व...
पोखरा: कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रति...
काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

