कम्युनिष्टको किल्लाबाट उदयको उद्घोष –‘संसदीय दलको नेतामा शेर दाइलाई समर्थन गर्छु’

पाेखरा | मंसिर १५, २०७९

कम्युनिष्टको किल्लाबाट उदयको उद्घोष –‘संसदीय दलको नेतामा शेर दाइलाई समर्थन गर्छु’

पोखराः पूर्वअर्थमन्त्री रहिसकेका नेपाली कांग्रेसका युवानेता उदयशमसेर राणाले संसदीय दलको नेतामा शेरबहादुर देउवालाई समर्थन गर्ने स्पष्ट पारेका छन् । 

 

अर्का युवानेता गगन थापाको पक्षमा लबिङ् सुरु भएपछि राणाले आफ्नो समर्थन पार्टी अध्यक्ष देउवालाई हुने बताए । पारिवारिक घुमघाममा पोखरा आइपुगेका राणासँग यस विषयमा प्रतिक्रिया माग्दा उनले उक्त भनाई राखेका हुन् । 

 

‘संसदीय दलको नेता भन्नुको अर्थ प्रधानमन्त्रीको दाबी हो’ राणाले भने ‘मेरो सिधा समर्थन शेरबहादुर दाइलाइ हुनेछ ।’ ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका राणाले अब बन्ने सरकार लोकतान्त्रिक गठबन्धनकै हुने भएकाले गठबन्धन चलाउने क्षमता देउबासँग मात्रै भएको दाबी गरे । 

 

कांग्रेसभित्र प्रभावशाली मानिएका अर्का युवानेता गगन थापाले माहौल बनाउन सुरु गरेपनि उनले अहिले नै हतार गरेको राणाको टिप्पणी छ । विश्वप्रकाश शर्मालगायतले थापालाई समर्थन गर्ने चर्चा चलिरहेपनि त्यो आधिकारिक भनाई भए/नभएको स्पष्ट हुन नसकेको राणाको ठहर छ । 

 

यद्यपि, थापाले स्पष्टरुमा संसदीय दलको नेतामा दाबी गर्ने बताइसकेका छन् । स्वयं युवानेता भएर थापालाई किन समर्थन नगर्ने ? भन्ने जिज्ञासामा राणाले अहिले राजनीतिक अवस्था प्रतिकुल नभएकाले यस्तो अवस्थामा देउवाबाहेक अन्य नेता उपयुक्त हुन नसक्ने उनको दाबी छ । 

 

‘हाम्रो बहुमत छैन, अझ भनौं कसैको पनि छैन’ राणा भन्छन् ‘यस्तो जटिल अवस्थामा कम्युनिष्टलाई साथ लिएर हिँडन् शेरबहादुर दाइबाहेक अन्यको हुति छैन ।’

 

राजनीतिक वृत्तमा कांग्रेसले एमालेसँग पनि सरकार बनाउँन सक्छ भन्ने विषयलाई उनले ठाडै नकारे । राणा भन्छन्, ‘अरु कुनैपनि दलसँग मिलिएला तर एमालेसँग नो चान्स ।’

 

यसै प्रसंगमा कास्की जिल्ला एमालेको लालकिल्ला भएको विषयमा राणाले जिल्ला र प्रदेशको नेतृत्वले हारको समीक्षा गर्नुपर्ने उल्लेख गरे ।  

 

‘कास्की जित्छौं भन्ने रिपोर्ट पुगेको हो, कहाँ–के भयो जिम्मेवार नेताले समीक्षा गर्नुपर्छ ।’

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्